sachhai samjhinnau malai?(poem)

by PR Chapagain

Literature
sachhai samjhinnau malai?(poem)

साँच्चै सम्झिन्नौ मलाई?

ए, छोडिजाने मान्छे साँच्चै सम्झिन्नौँ मलाई?
राती अबेर बादलहरूसँग रमाएको जुन एक्लै हेर्दा सम्म,
अँध्यारोले आफैलाई बिर्सिएर उज्यालो रूप फेर्दा सम्म,
फेरि तिनै बादलले तिम्लाई मेरो आवास गराउन तिमी सामु झर्दा सम्म,
साँच्चै सम्झिन्नौ मलाई?

कतै फेसबुक स्क्रोल गरिरहदा मेरो तस्बिर देखेको बेला,
कतै शब्दहरूमा प्रेम लेखेको बेला,
साँच्चै सम्झिन्नौ मलाई?

कहिले आवेगमा आफन्तबाट टाढा भाग्दा,
कहिले भगवानसँग मन्दिर गएर खुसि माग्दा,
अनि कहिले काही बाडुल्की लाग्दा,
साँच्चै सम्झिन्नौं मलाई?

एकान्तमा एक्लै रुँदा,
कतै एक्लो महसुस हुँदा,
तिमी झिझिदा,
रिसाउँदा, खुसि हुँदा,
साँच्चै सम्झिनौ मलाई?

-PR CHAPAGAIN

</div>