muktak sangraha

by PR Chapagain

Literature
Muktak sangraha|(muktak)
<

मुक्तक १

झरी पर्दा सधै घर बार्नु पर्छ गरिबले
कैयौ दिनरात भोकै टार्नु पर्छ गरिबले
किन मौन छौ ए,भनिदेउ न कोहि यार
सजिलै दुइछाक टार्न के गर्नुपर्छ गरिबले

मुक्तक २

त्यो रातो सिन्दुर रातै चुरामै थियो शंका
को बेहुली को बेहुला कुरामै थियो शंका
आफ्नै छायाले गर्छ छल यो जानजानी,
रेटि हिड्ने प्रेमरुपि छुरामै थियो शंका

मुक्तक ३

चुहिएको छाउछु छानो भन्दै आए यता,,
एउटा सुन्दर घर बनाउछु भन्दै आए यता ,,
आमा को त्यो आँसु मा मुस्कान हेर्न भन्दै,,,
चोली फेराइ सङै रमाउछु भन्दै आए यता ,,,

मुक्तक ४

सम्झिदा पोल्छ छाती समाचार आइदिन्छ,
एक्कै छिन अलि जाती समाचार आइदिन्छ ,
नौ मैना कोखमा राखी जन्माएको छोरा बाटै?
आमा माथी नानाभाती समाचार आइदिन्छ !!

मुक्तक ५

के छ खबर ? ठिकै `आराम´ सोधिन उन ले,
अल्लि बेसी मान्दै `सरम´ सोधिन उन ले ?
एसरी नै धेरै दिनमा मीठो कुरा चल्दै गर्दा ,
पराइसङ बिहे गरम`नगरम´ सोधिन उन ले !

मुक्तक ६

मैले सोचेजस्तै तिम्रो मन राम्रो होस,
अनि बानि ब्याहोरा झन राम्रो होस,
जिबनभर साथदिने गरिबनै किन नहुन ?
र, पनि मीठो बोली वचन राम्रो होस !!!!

मुक्तक ७

छोडिगयौ गाउँ सहर बर्सौ भयो,
नपाएको तिम्रो खबर बर्सौ भयो,
थाहा छ साथ छोडी गयौ र पनि
वरिपरि खोज्छ नजर बर्सौ भयो

पिआर चापागाईँ
गल्याङ्ग-६,पिंडीखोला
स्याङ्जा।

-PR CHAPAGAIN